काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । उनले आज बुधवार नेकपा (माओवादी केन्द्र) को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा संचारकर्मीसंगको कुराकानीमा अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका हुन ।
राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए । अध्यक्ष प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पारे ।
उनले भने ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’
अध्यक्षप्रचण्डले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको बताए ।
प्रतिक्रिया