प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ, ११ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले ओरालो लागेर ९६ हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति