काठमाडौं, १० फागुन । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य दिएकाे छ ।
टस जितेपछि पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुवात गरेको थियो । निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाउन सफल युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे । अरविन्द ४६ रन बनाएर आउट भए । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । १६ ओभर पश्चात खेल नियन्त्रणमा राखेको नेपालले त्यसपछि पाँच विकेट लियाे । अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
प्रतिक्रिया