सेनाले भन्यो : फास्ट ट्र्याक २०८१ सम्म तयार हुन्छ

काठमाडौं, १० फागुन । नेपाली सेनाले तराई–मधेध द्रुत मार्ग ९फास्ट ट्र्याक० २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ । विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए ।

उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताए ।मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ ।

सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनले बताए ।यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताए । उनले भने, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति