बाटो खनेको हेर्न गएका सडक माथिबाट खसेको पहिरोले ज्यान गयो

बाग्लुङ, १० फागुन । बाग्लुङको बडिगाड गाउँपालिका ७ मा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ । पहिरो खस्दा अन्य दुई जना घाइते भएका छन् ।

पहिरो खस्दा बडिगाड गाउँपालिका–७ का गोपीराम विकको ज्यान गएको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक घाइते भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति