२ युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता : संयुक्त राष्ट्रसंघले गर्‍यो निन्दा

काठमाडौं, १० फागुन । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भन्दै आएको छ ।

रुसको पछिल्लो कदमले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै अमेरिकासहित अन्य पश्चिमा देशहरुले रुसको आलोचना गरिरहेका छन् ।

रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ ।

न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बस्दैछ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशको सिमाना परिवर्तन नहुने बताए । उनले यो कदम युक्रेनको सम्प्रभूता र क्षेत्रीय अखण्डताको उलंघन भएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति