दुई महिनादेखि दिल्लीमा अलपत्र एक महिलाको उद्धार

काठमाडौं, १० फागुन । दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो ।लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

उर्जेन लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी देश जान रोक लगाइएपछि दलालले विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ । अहिले पनि सयौँ महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति