एमसीसीका कारण गठबन्धन टुट्दैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । साथै उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत बताएका छन् ।

पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एसीसी तथा गठबन्धनबारे कुरा भएको र आफूले गठबन्धन टुट्दैन भनेर विश्वास दिलाएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति