क्यानडा ८० रनमा अलआउट, सन्दीपले लिए ३ विकेट

काठमाडाै, ९ फागुन । आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा नेपालले क्यानडालाई ८१ रनमा अलआउट गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा समेटिएकाे छ ।

कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्स कुशल भुर्तेलको हातबाट क्याच आउट भएका थिए । पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए । छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदा क्यानडा ६ अ‍ोभरभित्र ३७–४ को स्थितिमा पुगेको थियो ।

यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमशः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । समूह विजेता भएमा नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपर्नेछ । यो समूहबाट फाइनलिष्ट टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति