काठमाडौं, ९ फागुन । फेसबुकले आफ्नो प्लेटफर्मबाट जब्स फिचर हटाउने भएको छ। कम्पनीले भोलि (फेब्रुअरी २२) देखि यो फिचर हटाउन लागेको हो। उक्त फिचरको मद्दतमा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टबाटै जागिर खोज्ने, पाउने, जागिरको लागि आह्वान गर्न सक्थे।
यसो हुँदा कर्मचारी खोज्ने कम्पनीहरू र जागिर खोज्ने व्यक्तिहरूको लागि सहज हुन्थ्यो। तर मंगलबादेखि यो फिचर उपलब्ध नहुने फेसबुकले जनाएको छ। रिपोर्टहरू अनुसार कतिपय फेसबुक प्रयोगकर्ताको फेसबुक अकाउन्टबाट यो फिचर केही समय अघि नै हटिसकेको थियो।
कम्पनीले सन् २०२१ को अन्त्यतिरै जब्स फिचर हटाउनेबारे घोषणा गरेको थियो। फेसबुकमा अनुसार अहिले जब्स भएको ठाउँमा प्रयोगकर्ताले जेनेरल भन्ने विकल्प पाउनेछन्। जब्स फिचर सबै देशमा हट्ने भएपनि अमेरिका र क्यानेडामा उक्त फिचर यथावत हुने बताइएको छ।
प्रतिक्रिया