दैनिक थपिने कोरोना संक्रमितभन्दा ५ लाख बढी निको

काठमाडौँ, ९ फागुन । विश्वभर पछिल्लो २४ घण्टामा थपिने संक्रमितभन्दा ५ लाख बढी निको भएका छन् ।वर्ल्डमिटरकाअनुसार १२ लाख १८ हजार ६५ जना कोरोना संक्रमित थपिँदा १७ लाख १० हजार ३८४ जना निको भएका हुन् ।

निको हुनेमा रुसमा एक लाख ४७ हजार, अमेरिकामा एक लाख ८ हजार, बेलायत र ब्राजिलमा ९८–९८ हजार, टर्कीमा ९१ हजार र जर्मनीमा ७८ हजार छन् ।थपिनेमा रुसमा एक लाख ७० हजार, जर्मनीमा एक लाख ४ हजार, टर्कीमा ७० हजार, ब्राजिलमा ४० हजार, बेलायतमा २५ हजार र अमेरिकामा १२ हजार छन् ।यही अवधिमा ५ हजार २०१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७४५, ब्राजिलमा ४२४, टर्कीमा २६३, अमेरिकामा २२१ र बेलायतमा ७४ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति