हामीले हाम्रो देशको चिन्ता गरौं, अरुदेशको चिन्ता गर्ने उनीहरुकै देशमा छन् : उपमहासचिव ज्ञवाली (भिडियोसहित)

काठमाडौं ८ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको प्रमुख समस्या न्यायलय भएको बताए । एबीसी टेलिभिजनको आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसंग कुरा गर्दे नेता ज्ञावलीले भने, “देशको आजको प्रमुख समस्या भनेको न्यायलय हो, न्यायलयले अदालतको ढोका खोल्छ र बाहिरको भिँड हेर्छ अनि ढोका बन्द गर्छ तर न्याय दिँदैन् ।” उनी भन्छन्, साना देशहरुको अस्तित्व सजिलै समाप्त हुने देखियो । हामीलाई रेस्क्यु गर्नका निमिक्त कोही आउनेवाला छैन्, हामी आफैं आफ्नो खुट्टामा उभिएर अगाडी बढ्ने हो ।

स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज भई मिल्दैन भन्दापनि मिल्ने रहेछन् भन्दै नेता ज्ञवाली भन्छन् “स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज गर्दारहेछन्, शक्ति राष्ट्रहरुका मिल्दैन भन्दा भन्दै उनीहरु कयौं कुराहरुमा स्वाट्टै मिल्दि“दा रहेछन्, हामीले कुनै एउटा पक्षमा लागेर, कुनै एउटा ध्रुवमा लागेर हामी अगाडी बढ्न सक्दैनौं।” उनी भन्छन् अमेरीकाले निर्माण गर्न खोजेको सोकल्ड डेमोक्रेटिक (कथाकथीत प्रजातन्त्र) वा अरु राष्ट्रले खडा गर्न खोजेको अर्को ध्रुव होस, हामी ध्रुवमा ध्रुविक्रेट हुन सक्दैनौं।

अरु देशलाई छाडेर आफ्नो देशको चिन्ता गर्नुपर्ने बताउदै नेता ज्ञवाली भन्छन्,“सबैकुरामा हेर्दा हामीले हाम्रो देशको चिन्ता गरौं, अरुदेशको चिन्ता गर्ने उनीहरुकै देशमा छन्, चीनलाई अमेरीकाले घेर्छ कि घेर्दैन भन्ने विषयमा चिन्ता गर्न चीनमै काफी छन्, हामीले यहा“ माइतिघरको दुवो माडेर काम हुनेवाला केही छैन्,। हामी हाम्रो आफ्नो राष्ट्रियहितमा केन्द्रित गरौं ।” ज्ञावालीले भने, गरिबको पुनरवितरण मात्रै गरिरहने हो र ? पुर्नउत्पादन मात्रै गरिरहने हो र ? उनी भन्छन् गरीबी भित्रनै रोटी सेकाइरहने हो भने बेग्लै कुरा हो राजनितीको, होइन भने एउटा गम्भिर कुरा उठ्दैन ? देशका राजनितिक दलमाथिनै प्रश्न उठ्न सक्ने अठोट गर्दै नेता ज्ञवाली भन्छन्,“राजनितीक परिवर्तन भयो भन्छौं, ३/३ पटक क्रान्ति भयो भन्छौं, अब पनि डेलिभरी नदिने हो भने, अब पनि प्रत्यक दिन हजार/बाह्रसय नेपाली युवा खाडी पठाएर रेमिट्यान्सले मात्रै धानिने सिर्जना गर्ने ?

बदलिँदो राजनितीक र राष्ट्रिय अवस्था बारे नेता ज्ञवाली भन्छन्, “बदलिएको सन्दर्भमा हाम्रो राष्ट्रियहित भनेको हाम्रो आर्थिक विकास र समृद्धिमा छ । यसका लागी हामीले सबैसँग मित्रता कायम गर्दै राष्ट्रिय हित र राष्ट्रिय प्राथमिकतालाई राखेर अगाडी बढ्नुपर्छ ।” उनी भन्छन्, “हामी आफ्नो मुद्दामा केन्द्रित रहौं । त्यसका लागी जनसरोकारका विषयहरुमा राष्ट्रिय हितका विषयहरुमा केन्द्रित रहौं । अन्तर्राष्ट्रिय विषयहरु वा धेरै तरङिगत हुने विषयहरु गर्नुहुदैन”।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति