तीन मोटरसाइकल चोरी गर्ने एक पक्राउ

काठमाडौँ, ८ फागुन । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ”, उनले भने । ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मङ्गलबजारबाट चोरी गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति