अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भयो नेता खनाल

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको दाबी गरेका छन् ।

सरकारले आइतबार संसद्‌मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले अमेरिकाको दबाबले सिंगो मुलुक विभाजित भएको बताएका हुन् ।उनले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो ।

नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसद्‌मा टेबल गर्न दिने विषयमा निर्णय नभएको बताए ।उनले सरकारमा बस्‍नेरनबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति