विश्वकप छनोट : नेपालको विजयी सुरुआत


काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ ।

१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए ।

कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए ।अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए ।कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच गराए ।

जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।सन्दीप लामिछानेले सातौं ओभरको चौथों बलमा खबर अलीलाई बोल्ड गरे ।दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।

अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए ।सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे ।दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।कमलले कलिमुल्लाहलाई १७ औं ओभरको तेस्रो बलमा कुशत भुर्तेल तथा अन्तिम बलमा बिलाल खानलाई बोल्ड गरे ।

यस अघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे ।सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे ।विलाल खानले दुई–दुई विकेट हात पारे ।फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए ।ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो ।ओमानका विलाल खानले पहिलो ओभरको छैठौं बलमा आशिफ शेखलाई खवारी अलीबाट क्याच गराए ।विलालले तेस्रो ओभरको चौथों बलमा कुशललाई पुनः खवारीद्धारा क्याच गराएका थिए ।

फयाज बटले भने ज्ञानेन्द्रलाई सातौं ओभरको पाँचौ बलमा बोल्ड गरे ।दिपेन्द्रलाई कप्तान जिसन मक्सुदको नवौं ओभरको तेस्रो बलमा नसिम खुसीले स्टम्पीङ गरेका थिए ।खवार अलीले भने लोकेशलाई १४ औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याचआउट गराएका थिए ।खवारले विवेकलाई १६ औं ओभरको अन्तिम बलमा फयाज बटबाट क्याच गराएका थिए ।कमललाई खबारले १८ औं ओभरको दोस्रो बलमा कश्यप प्रजापतिबाट क्याच गराए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति