एमालेले संसदमा विरोध जारी राख्ने

काठमाडौं, ६ फागुन । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति