देउवा–ओलीबीच के भयो सहमति ?

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ गठबन्धनका दलहरुको बैठकमा एमसीसीका विषयमा सहमति नभएपछि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

उनीहरुबीच पनि एमसीसीकै सेरोफरोमा कुराकानी भएको अनुमान गरिए पनि सहमति भए नभएको बारे केही खुलाइएको छैन ।

देउवा सवा १० बजे बाहिरिएका छन् । उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन चाहेनन् ।

ओलीसँग पहिलो चरणमा वार्ता गरेर बालुवाटा फर्किसकेका देउवा फेरि अर्को चरणको वार्ताका लागि बालकोट फर्किएका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

उता एमाले अध्यक्ष ओलीले पनि भेटवार्तालाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन् ।

ओलीको सचिवालयले भने छलफल भएको तर मिडियालाई भन्ने केही कुरा नभएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति