सत्ता गठबन्धनको बैठक सकियो, एमसिसी भोलि पनि टेबल नहुने

काठमाडौं, ५ फागुन ।  अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए। सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो।यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो। थप निर्णय गर्न भोलि बिहान १० बजे पुन: बैठक बस्ने एक नेताले बताए ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए। यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति