‘भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा ८ गुणा बढि

काठमाडौं, ५ फागुन ।  भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकको तुलनामा ६ देखि ८ गुणासम्म धेरै रहेको एक अध्ययनले देखाएको छ।

बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाले यस्तो देखाएको हो। एक फ्रान्सेली संस्थाले गरेको अध्ययनका अनुसार सन् २०२१ को नोभेम्बरको सुरुवातसम्ममा कोरोना संक्रमणको कारण ३० लाख २० हजारदेखि ३० लाख ७० हजारसम्मको मृत्यु भएको थियो।

जुलाईसम्ममा भारतमा कोरोना संक्रमणको कारण ३० लाख २० हजार मानिसको कारोना संक्रमणको कारण मृत्यु भएको फ्रान्सेली शैक्षणिक संस्थानका डेमोग्राफर क्रिस्टोफ गुइलमोटोले गरेको अध्ययनमा देखिएको छ। क्यानडाको टोरन्टो विश्व विद्यालयको महामारी विशेषज्ञ प्रभात झाको नेतृत्वमा गरिएको अध्ययनको नतिजासँग पनि यो संख्या मेल खान्छ। गुइलमोटोले विभिन्न चार क्षेत्रमा कोरोना संक्रमणको कारण मृत्युको अध्ययन गरेका थिए।

यो अध्ययन सही हुने हो भने भारत विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश बन्नेछ।अमेरिकामा अहिलेसम्म ८ लाखभन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भएको छ भने भने ब्राजिलमा ६ लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ। आधिकारिक तथ्यांकलाई आधार मान्ने हो भने भारतमा कोरोनाका संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या कम छ।तर, अहिलेको अध्ययनको नतिजालाई मान्ने हो भने भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या विश्वव्यापी औसतको तुलनामा ४ गुणा धेरै हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति