काठमाण्डौ, ५ फागुन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ फेरि बढेको छ । आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।
हिजो तोलामा सुन १६ सय रुपैयाँले घटेको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया