धरान–भेडेटार सडक खण्डमा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

विराटनगर, ५ फागुन । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति