संसद् बैठक ५ मिनेट बसेर स्थगित, अर्को बैठक फागुन ६ गते

काठमाडौं, ४ फागुन । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति