काठमाडौं, ४ फागनु । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले जानकारी दिए ।
काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए ।अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनको भनाइ छ।
उनले भने,‘गाडीलाई बन्दकर्ताहरूले ढुंगाले हानेछन् । गाडीको सिसा फुटेको छ, अहिले गाडी फर्काइसकेको अवस्था छ ।’
प्रतिक्रिया