बन्द गराउँदै हिँड्ने ३९ जना पक्राउ

काठमाडौं, ४ फागनु । बन्द गराउँदै हिड्ने ३९ जना काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् । बिहान काठमाडौंबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरे पछि बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सामान्य रुपमा गाडी चलिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति