सोलुखुम्बुमा सकेट बम भेटियो

सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-२ बेनीको फेरा भन्ने ठाउँमा स्थानीयवासीले बारीमा काम गर्ने क्रममा एउटा सकेट बम भेटेका छन् । आज दिउँसो बम देखेपछि स्थानीयवासीले प्रशासनलाई खबर गरेका थिए ।

त्यस क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । साथै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् । बम निकै पुरानो जस्तो देखिएकाे र सशस्त्रले द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान रहेकाे छ । केहीबेरमा बम डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति