देउवाको क्याबिनेटमा विवादित मन्त्रीको लर्को– राम कुमारी झाक्री देखी प्रेम आले सम्म आईपुग्दा यस्ता छन विवाद

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार जसरी निकै लामो समयम सम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेर आलोचित बनेको थियो त्यसै गरि मन्त्रि परिषद् विस्तापछि मन्त्रीका कारण आलोचित बन्दै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा ११ औं वरियतामा छन् । हाल कायम २३ जनाको मन्त्रिपरिषद् सदस्यमध्ये आले जति चर्चित छन् उनी विवादको केन्द्रमा त्यो भन्दा बढी छन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारमा रहँदा आफ्नै अभिव्यक्ति र काठ तस्करीसम्बन्धी पुरानो मुद्दाका कारण चर्चामा रहेका आले देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बन्दा विवाद भन्दा चर्चाको पात्र बने ।

नारायणहिटी दरबार संग्राहलयमा बतास समूहलाई ठेगान लगाउनेदेखि विमानस्थलको सुधार र डुब्न लागेको नेपाल एयरलाइन्सलाई नै गति दिनका लागि पहल थालेपछि एकाएक चर्चाको पात्र बन्न पुगे । यस्तै रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही, पर्यटन क्षेत्रमा अनियमित तरिकाले हत्याइएका ठेक्का पट्टामा निगरानी र एक्सनलगायतका कार्यले उनको विवादित छवि लगभग सबैले बिर्सिसकेका थिए । तर आलेको सार्वजनिक पछिल्लो अडियो क्लिपले भने उनी फेरि विवादको भूमरीमा परेका छन् । भारतमा बस्दै आएका जगत ओलीसँगको संवादमा मन्त्री ओलेले उनलाई आमाचकारी गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् । संवादका क्रममा मन्त्री ओलेले तपाईँ कहाँ हुनुहुुन्छ भनेर ओलीलाई प्रश्न गरेका छन् । जवाफमा ओलीले आफू भारतमा भएको बताएपछि मन्त्री आलेले आफ्नोबारे नराम्रो कमेन्ट गरेको भन्दै असन्तुष्टि पोखेका छन् । त्यसपछि ओलीले मन्त्रीका लागि आलेले पार्टीकै बदलेको भन्दै उनीबाट यस्तो आश नगरेको बताएसँगै एकाएक आले जंगिँदै असभ्य भाषाको प्रयोग गर्दै आमाचकारी गाली गरेको सुनिन्छ । यस्तो संम्वाद राख्न हामी असमर्थ छौ ।

सो क्रममा ओलेले ओलीलाई बसिरहेको ठाउँबाटै अपहरण गर्नेसम्मको धम्की दिएको अडियो क्लिपमा सुन्न सकिन्छ । २ मिनेट २५ सेकेण्ड लामो सो असभ्य संवादसहितको अडियो मंगलबार रातिको भएको ओलीको दावी छ । आफूले आलेको आमचकारी गालीको भिडियो भाइरल बनाइदिने भनेपछि करिब १३ सेकेण्ड आलेले सार्वजनिक नगरिदिन निकै अनुनय विनय गरेको ओलीले दावी गरेका छन् । यो अडियो क्लिप सार्वजनिक भएपछि मन्त्री आलेको चौतर्फी आलोचना भइरहेको छ भने उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको छ । तर, ओलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको जिकिर गरेको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्ने काम भएको भन्दै आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले बचाउ गरेका छन् ।
यस्तो छ विवादी मन्त्रीशरुको सूची

सहरी विकासमन्त्री रामकुमारी झाँक्री

उनी आफ्नै हर्कत र अभिव्यक्तिका कारण पदक पटक विवादमा तानिँदै आएकी छन् । २०७४ सालको निर्वाचनपछि उनले गुल्मीका एक शिक्षकलाई धम्क्याएको अडियो भाइरल भएको थियो । गुल्मीका ती शिक्षकलाई भोजराज सरको घर नजिक नआए खुट्टा भाँचिदिने भन्दै धम्की दिएकी थिइन् ।

यस्तै विगतमा पिर्के सलामीको विरोध गर्ने उनले मन्त्री बनेपछि आफैले सलामी लिँदा आलोचनाको पात्र बनिन् भने राष्ट्रपतिबारे अशोभनीय टिप्पणी गर्दा पक्राउ नै परिन् । गतवर्षको माघ अन्तिमतिर राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर एमाले अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गर्दै उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन् । तीव्र दवाव र प्रदर्शनपछि उनी सोही दिन छुटेकी थिइन् । अहिले पनि आफ्नो बेलगाम अभिव्यक्तिले उनी विवादमा तानिने क्रम रोकिएको छैन ।

जसपाकी नेतृ रेणु यादव : देउवा सरकारका अर्को विवादित मन्त्री बनेकी छन् । उनले बलिदान दिवसका दिन मधेसमा आयोजित कार्यक्रमलाई सीके राउतको हत्या गर्ने धम्की दिएपछि विवादमा तानिइन् ।उनले आफूहरुसँग टकराए राउत मारिने सक्ने धम्की दिएकी थिइन् । उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी पनि दिएकी थिइन् । सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गर्दै उनले भनेकी थिइन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले भनेकी थिइन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

यो प्रकरणमा उनलाई मन्त्रीबाट बर्खास्त गर्न तीव्र दवाव बढेको थियो भने प्रहरीमा उजुरी समेत परेको थियो ।

श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ (किसन श्रेष्ठ ) : उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता सुरेन्द्र चौधरीको अपहरण प्रकरणमा मुछिएका थिए । उपेन्द्र यादव नेतृत्वको समाजवादी फुटाउने प्रयोजनका लागि एमाले नेतृत्वको निर्देशनमा श्रेष्ठसहित एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वोन्द्र खनालसमेतले उनलाई मधेसबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो । गम्भीर अभियोगमा मुछिएका उनीबारे छानबिन भएन बरु देउवाले पनि मन्त्री बनाए ।

अर्का विवादित पात्र गजेन्द्र हमाललाई पनि उद्योग मन्त्री बनाए। गत असोजमा हमाल मन्त्री बनेपछि चौतर्फी आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट उनी मन्त्री बनेको खुलासा भएपछि उनी राजीनामा दिन बाध्य भए ।

सोही प्रकरणपछि न्यायालयमा आन्दोलनको ठूलो आँधीबेहरी सिर्जना भयो भने यो विषयले अहिलेसम्म टुंगो लागेको छैन । आइतबार मात्रै सत्तारुढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।सरकारमा रहेका मन्त्रीहरु सुशासनका मामिलामा स्पष्ट र नैतिक आचारणमा समेत सफा हुनुपर्ने भएपनि विवादित विगत र वर्तमान समेत रहेका व्यक्तिहरु हुनुले कस्तो जनस्तरमा कस्तो सन्देश जाला गम्भिर प्रश्न खड भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति