नेप्सेमा झिनो सुधार

काठमाडौँ, २ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ ।

आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अङ्कले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु तीन अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३।२२, व्यापार ३९।५१, निर्जीवन बीमा १४।३६, उत्पादन ३५।२८ र सामूहिक लगानी कोष ०।०४ अङ्कले घटेको बजारमा, होटल तथा पर्यटन १८।४५, विकास बैंक १६।३२, जीवन बीमा ५२।४९, जलविद्युत् ५।३७, वित्त ४।८८, अन्य ०।३३ र लघुवित्त १३।४ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी रु १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी रु ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको रु ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहे । नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८।१३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४।७२, नेशनल हाइड्रोपावर कम्पनी ४।२८, किसान लघुवित्त वित्तीय संस्था ३।६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३।५५ प्रतिशतले बढे । त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अङ्कले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२को ०।२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०।१९ अङ्कले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति