प्रणय दिवसमा वर्षालाई ‘माया लाइदेउन’ भन्दै पल

काठमाडौँ, २ फागुन । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । ‘खोजी रा छु मनकारी तिमी हो कि होइन रु, यो भाग्यमा के लेख्या छ केही थाहा छैन’, ‘आकाशकी जुन हौँ कि धरती कि परी, रातो दिन तिमीलाई यो मुटु भरी’ लगायत माया पिरतीका गीत भिडियोमा समेटिएका छन् । गायक लामिछानेकै शब्द रहेको गीतलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ ले सङ्गीत संयोजन गरेका हुन् । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन् । भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ । पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति