एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति