इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न दियो आदेश

मस्को, १ फागुन । पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ ।

इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ । यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायत लगायतका पश्चिमी देशहरुले पनि आफ्ना दूताबास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन् । तर युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गरेका छन् । उनले बाहिर हल्ला आएजस्तो रुसले युक्रेनमा हमला गर्ने भन्ने समाचार सत्य नरहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति