राष्ट्रपति भण्डारी र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं, १ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।यद्यपि कोइरालाले भने राष्ट्रपतिसँग सामान्य शिष्टाचार भेट भएको जनाएका छन् ।

‘राष्ट्रपतिसँग पहिलेदेखि नै भेट्ने कुरा रहेछ । आज समय मिलेकोले सामान्य शिष्टाचार भेट गर्नुभएको हो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शेखरले भेटेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति