सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता पछि प्रचण्ड मधेस प्रस्थान


काठमाडौं, १ फागुन । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राखेका थिए । ‘तीन नेताबीच एमसीसीबारे नै छलफल भएको छ, दुवै पक्षले आआफ्ना अडान कायम रहेको बताउनुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्युले एमसीसी अघि बढाउ भन्नुभयो, उहाँहरुले हतार नगरौ भन्नुभयो ।’ तीन नेताबीच शनिबार पनि छलफल भएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्ड आइतबार नै जनयुद्ध दिवसका विभिन्न कार्यक्रममा सहभागी हुन मधेस प्रदेश हिँडेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति