भारतमा थप एक लाख २६ हजार कोरोनामुक्त

काठमाडौँ, २९ माघ । भारतमा पछिल्ला केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाखभन्दा माथि छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक लाख २६ हजार संक्रमितले कोरोना जितेका छन् ।

अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको छ ।

पछिल्लो एक दिनमा मात्रै ४८ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ८०४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण दर घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन । भारतमा हाल सकृय संक्रमितको संख्या ६ लाख १९ हजार छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति