विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख थपिए, २३ लाख निको : १० हजार ३७० संक्रमितको मृत्यु

काठमाडौँ, २९ माघ । विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्र्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।

थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक लाख १० हजार, टर्कीमा ९५ हजार र बेलायतमा ५८ हजार थपिएका छन् ।पछिल्लो एक दिनमा २३ लाख ६८ हजार जना संक्रमणमुक्त भएका छन् भने १० हजार ३७० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३७७, ब्राजिलमा एक हजार १२१, रुसमा ७२२, फ्रान्समा ३२९, टर्कीमा २५३, जर्मनीमा २१५ र बेलायतमा १९३ जना छन् ।निको हुनेमा सबैभन्दा धेरै फ्रान्समा ३ लाख ८९ हजार, बेलायतमा एक लाख ६१ हजार, ब्राजिलमा एक लाख २१ हजार, रुसमा एक लाख १२ हजार, जर्मनीमा एक लाख १० हजार र टर्कीमा ८५ हजार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति