एमाले अध्यक्ष ओलीले भने –सभामुखले एमसीसी रोक्न पाउँदैनन्

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले आफु खुशि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन ।

उनले भने –सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा हो । ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ । यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ ।

तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने । अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भ्ीर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति