काठमाडौं, २८ माघ । चीनले आफूमाथि अमेरिकाले लगाएको अतिरिक्त कर र प्रतिबन्ध हटाउन आग्रह गरेको छ।बिहीबार चनिले आफूमाथि लगाइएको अन्य दमनकारी उपायहरु पनि हटाउन आग्रह गरेको हो।चीनले अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ ।
यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताएका छन्। गाओले व्यापार सहकार्य विस्तार गर्न दुवै पक्षलाई राम्रो वातावरण र सुध्रने अवस्था सिर्जना गर्न अमेरिकाबाट कदम चाल्न आह्वान गरे।
प्रतिक्रिया