भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित


नयाँ दिल्ली
२७ माघ भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा कुल संक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ । सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ ।(सिन्ह्वा)
––––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति