सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

भक्तपुर, २७ माघ । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँच बुँदे मागपत्र पेश गरेको र पटक–पटक माग पुरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै सङ्घले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो । बुधबार र आज बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँच बुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति