काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता खम्मबहादुर खातीले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरिएकाे छ । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् । महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका विषयमा विस्तृत रुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्याय प्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताएका छन् ।
प्रतिक्रिया