मधेस माओवादीमय बन्‍ने भएपछि हत्याकाण्ड मच्चाइयो: अध्यक्ष प्रचण्ड

काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस माओ‌वादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् ।

प्रचण्डकै निवासमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसको मुद्दा र मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चलेको बेला माओवादीलाई रोक्न ठूला षड्यन्त्र भएको दाबी गरेका हुन् । मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठूला षड्यन्त्रहरु भए ।

राष्ट्रियस्तरबाट मात्रै होइन अन्तर्राष्ट्रियस्तरबाटै भए, प्रचण्डले भने मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठूलो भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठूलै भ्रम फैलाइए ।

विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो । उनले मधेसको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, संघीयता, पहिचान विरोधी भएर निस्किएको बताए ।

उनले त्यस्ता पार्टीहरु केपी ओलीसँग साँठगाँठ गर्न पुगेको पनि बताए । अध्यक्ष प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, पहिचान र अधिकार स्थापित गर्ने सवालमा माओवादी आन्दोलन र माओवादी नेताको निर्णायक भूमिका भएपनि देशका प्रतिक्रियावादी पुराना शासकहरुलाई स्वीकार्य नभएपछि षड्यन्त्रहरु भएको बताए ।उनले अब लुम्बिनी र मधेस प्रदेश माओवादीमय हुने दाबी समेत गरे । त्यसक्रममा प्रचण्डले रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादी प्रवेश गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति