विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो

काठमाडौं, २७ माघ । विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

वल्डोमिटरका अनुसार गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यस्तै कोरोना निको हुनेको संख्या ३२ करोड २९ लाख नाघेको छ। २४ घण्टामा मात्रै २१ लाख ९२ हजारले संक्रमण जितेका छन्।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या ५७ लाख ९३ हजार पुगेको छ। गत २४ घण्टामा मात्रै १० हजार ५ सय जना संक्रमितको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

अझै पनि विश्वभर ७ करोड ४६ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति