एमसीसीविरुद्ध एकसाथ उत्रिए ६ कम्युनिष्ट पार्टी (फोटोफिचर)

काठमाडौं, २६ माघ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० खारेज गर्न माग गर्दै बुधबार आज आधा दर्जन कम्युनिस्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गरेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित कम्युनिस्ट पार्टीले बुधबार दिउँसो माइती घरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर प्रदर्शन गरेका हुन्। यो प्रदर्शनमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ। मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए। बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्‍यालीसहित उनीहरु संसद् भवन क्षेत्र पुगेका हुन्।

एमसीसीको विरोधमा जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९मसाल० मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी उत्रिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति