काठमाडौं, २६ माघ । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि
प्रतिक्रिया