काठमाण्डौ, २५ माघ । आज भएकाे मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने जनाएको छ ।
सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा मात्र धारणा व्यक्त गर्ने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशसँग सीमा समस्या आउन नदिनका हरदम प्रयत्नशील रहेको पनि बताए । उनले भने,‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरूको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छ ।’ प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कुटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए ।
प्रतिक्रिया