काठमाडौं, २५ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि आक्रमण गरे रुसको प्रमुख पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन्।जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बाइडेनले रुसबाट जर्मनी जाने प्रमुख पाइपलाइन नर्ड स्ट्रिम २ बन्द गरिदिने चेतावनी दिएका हुन्।
सोमबार फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए।म्याक्रोँले रुस–युक्रेनको युद्ध टार्ने सम्झौतानजिक पुगेको दाबी गरेका थिए। पश्चिमा मुलुकले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै आशंका व्यक्त गर्दै आएका छन्। रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेको छ।
आइतबार अमेरिकी अधिकारीले युक्रेनमाथि आक्रमणको लागि रुसले ७० प्रतिशत तयारी पूरा गरेको बताएका थिए।रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।साथै उसले पश्चिमा मुलुकले आफ्नो सुरक्षा चुनौतीको बेवास्ता गरेको आरोप लगाएको छ।
प्रतिक्रिया