नेप्से १५ अङ्कले बढ्यो, निफ्राकाे शेयरमा उच्च वृद्धि

काठमाण्डौ, २४ माघ । आइतवार घटेको नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ भने ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । निफ्राको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले र छ्याङ्दी हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोको शेयर भने साढे चार प्रतिशतले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति