कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन्।कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन ।नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । महाधिवेशनमा पराजित भए पनि उनलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति