ओलम्पिक बेइजिङ २०२२ः कडा कोभिड नीति

बेइजिङ, २३ माघ । फ्रेब्रुअरी ४ बाट शुरू भएकाे ओलम्पिक बेइजिङ २०२२ का लागि कडा कोभिड सुरक्षा लागु गरिएकाे जनाएको छ । खेलाडीहरूलाई संक्रमणबाट जोगाउन ठूलो पहल गरिएकाे छ ।

खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन । स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ । उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड नीतिकाे पालना गर्नुपर्नेछ । मानिसहरूलाई चीनका अन्य भागबाट राजधानी बेइजिङमा यात्र नगर्न सुझाव दिइएको छ । सञ्चारकर्मी, सहभागी खेलाडी र पर्यवेक्षकहरुलाई भिन्दाभिन्दै स्थानमा राखिएको छ । पूर्ण खोप लगाएको वा २१ दिन क्‍वारेन्टिन अनिवार्य गरिएकाे छ । कोभिड परीक्षण दिनहुँ हुने तथा मास्क अनिवार्य गरिएकाे छ । पछिल्लो २४ घन्टाभित्र दुई नेगेटिभ रिपोर्ट आएपछि मात्र खेल्नका लागि अनुमति दिइने बताएकाे छ ।

विदेशबाट आएका सहभागी ‘सील’ गरिएको विशेष क्षेत्र भित्र प्रवेश गर्ने र देश छोड्ने बेलासम्म उनीहरु त्यही रहने बताएका छन्। स्वंयमसेवक, कुक, चालक र स्थानीय सहायताकर्मीसमेत विशेष क्षेत्र भित्र रहनेछन् । खेल अवधिभर उनीहरुको आफ्ना परिवार सहित बाहिरी संसार सँग भौतिक सम्पर्क नहुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति