बेइजिङ, २३ माघ । फ्रेब्रुअरी ४ बाट शुरू भएकाे ओलम्पिक बेइजिङ २०२२ का लागि कडा कोभिड सुरक्षा लागु गरिएकाे जनाएको छ । खेलाडीहरूलाई संक्रमणबाट जोगाउन ठूलो पहल गरिएकाे छ ।
खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन । स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ । उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड नीतिकाे पालना गर्नुपर्नेछ । मानिसहरूलाई चीनका अन्य भागबाट राजधानी बेइजिङमा यात्र नगर्न सुझाव दिइएको छ । सञ्चारकर्मी, सहभागी खेलाडी र पर्यवेक्षकहरुलाई भिन्दाभिन्दै स्थानमा राखिएको छ । पूर्ण खोप लगाएको वा २१ दिन क्वारेन्टिन अनिवार्य गरिएकाे छ । कोभिड परीक्षण दिनहुँ हुने तथा मास्क अनिवार्य गरिएकाे छ । पछिल्लो २४ घन्टाभित्र दुई नेगेटिभ रिपोर्ट आएपछि मात्र खेल्नका लागि अनुमति दिइने बताएकाे छ ।
विदेशबाट आएका सहभागी ‘सील’ गरिएको विशेष क्षेत्र भित्र प्रवेश गर्ने र देश छोड्ने बेलासम्म उनीहरु त्यही रहने बताएका छन्। स्वंयमसेवक, कुक, चालक र स्थानीय सहायताकर्मीसमेत विशेष क्षेत्र भित्र रहनेछन् । खेल अवधिभर उनीहरुको आफ्ना परिवार सहित बाहिरी संसार सँग भौतिक सम्पर्क नहुने बताए ।
प्रतिक्रिया