नेप्से ४० अङ्कले घट्यो, पाँच अर्ब ८३ करोडको कारोबार

काठमाण्डौ, २३ माघ । याे हप्ताको पहिलो दिन नेप्से आइतवार ४० दशमलव ५७ अङ्कले घटेको छ । नेप्से घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाखको कारोबार भयो । विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको शेयर साढे सात प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ भने नेपाल हाइड्रोको शेयर आठ प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति